काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अगामी बजेटमा मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतलाई विषेश प्राथमिकतामा राखेको बताएकी छिन् । सोमबारको प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्न अन्तरराष्ट्रिय रुपमा…