काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन ६ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तिजन्य पसल, मिठाई पसल…