काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको…