काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट विभाजित भएकाहरुलाई घर फर्कन आब्हान गरेका छन् । आइतबार एक अपिल सार्वजनिक गर्दै ‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गरेका छन् । कांग्रेसलाई एकतावद्ध राख्ने भागिरथ प्रयास सफल नसकेको भन्दै उनले…