काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहीबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदको मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो । तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले तेक्वान्दो सबैभन्दा अनुशासित खेल रहेको भन्दै नियम र कानुन तोडियो भनेर विवाद सृजना भएको…