काठमाडौँ । पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ । आइतबार सिंहदरवारस्थित समिति सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा भएको छलफलमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र संशोधनकर्ता सांसदहरुसँग छलफल भएको हो । बैठकमा, संशोधनकर्ता सांसद दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो…