काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको…