काठमाडौं । सभामुख देवराज घिमिरेले, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले, वैदेशिक सहायतालाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने, आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरू हिसाबले देखिएका पछौटेपनलाई विकास गर्ने हिसाबले प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् । वैदेशिक…