काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकहरूमा स्थापना गरिएका शान्ति मिसनहरूमा खटिने शान्ति सैनिकको संख्या २५ प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै नेपालले हालसम्म पठाउँदै आएको शान्ति सेनाको संख्यामा पनि कटौती हुने निश्चित भएको छ। यद्यपि, शान्ति सैनिक पठाउने अग्रस्थानमा नेपाल यथावत रहने नेपाली सेनाले स्पष्ट पारेको छ। हाल…