विराटनगर । मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार बिहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो । दुई दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको…