काठमाडौं। इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार शोकको घोषणा गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको जानकारी दिए। उनकाअनुसार मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत…