मोरङ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले ग¥यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन । यद्यपि, घटनाको प्रकृति, भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले…