विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोसी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष छठ पर्वको अवसरमा २८औँ पटक दण्डप्रणाम गरेका छन् । पराजुलीले सोमबार बिहान विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरमा पूजा आराधना गरी दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । उनले मन्दिरबाट तीन किलोमिटर पूर्वस्थित सिंघिया खोलामा बनेको छठघाटसम्म दण्डप्रणाम गर्दै जाने र त्यहाँ…