काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औँ स्थापना दिवस मनाउदैं छ । सोमबार भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टङ्गालस्थित आयोगको कार्यालयमा ससुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ ३४औँ स्थापना दिवस मनाउन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक…