काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । एनआरएनएको पहल र सहयोगमा सम्पन्न पुनर्निर्माण कार्यले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई थप सशक्त बनाएको भन्दै सरोकारवालाहरूले प्रशंसा व्यक्त गरेका छन् । सो अवसरमा सञ्चार माध्यमको तर्फबाट उल्लेखनीय सहयोग…