काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत बढेमा आयोजना प्रमुखहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् । गौरवका आयोजनाहरुको प्रगतिबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका उनले कार्य सम्पादनको गति बढाउन निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव शर्मा,…