विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका–६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्रामथान–६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो ।…