काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र…