काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। निर्वाचन कानुन अनुसार उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता कायम रहेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१०)…