काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो । सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा.देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई…