काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बुधबार बयान सकेर थुनछेक बहस भएको हो । बहस सकिएसँगै आजै आदेश आउने छ । थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त,…