काठमाडौं । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले भक्तपुरमा खरिद गरेको जग्गाको रकम लेनदेन गर्दा बैंकिङ विवरणबाट कोषमा ठेक्कापट्टाको काम जिम्मा लिने निर्माण कम्पनीबाट ८० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । इन्जिनियर भट्टराईले…