चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताएका हुन् । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो । उनले भने ‘संशोधनका…