Logo

कांग्रेस महाधिवेशन: सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क निर्धारण गरिएको छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।