काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न संरचनात्मक सुधारको आवश्यकता औंल्याउँदै आवश्यक नीति तर्जुमा गरी कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको स्मृतिमा खानी तथा भूगर्भ विभागले आफ्नो परिसरमा भूकम्पबाट क्षति पुगेका संरचना,भग्नावशेषमा पुरिएका नागरिकको उद्दारलगायतका भूकम्पका विभिन्न पक्ष…