काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने, ‘संघीय संसदको हिउदे अधिवेशन जसलाई विधेयक…