काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अझैपनि नेपाल अझै सङ्क्रमणकालीन चुनौतीबाट माथि उठ्न नसकेको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले, नेपालले अझै परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना गर्नुपरिरहेको बताएका हुन् । समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानताका आधार तय गरेको भन्दै उनले भौगोलिक,…