Logo

कांग्रेसले कारबाही गरेपछि मल्लले सांसद पदबाट राजीनामा दिए

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका हुन्। ‘राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ उनले भने, ‘मलाई यो…