सुर्खेत । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन् । अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन् । प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ । शुक्रबार समीक्षा गोष्ठि उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले…