काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने बताए । ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता…