काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीबिच शिष्टाचार भेट भएको छ । नेपाल भ्रमणमा आएका प्रमुख जोनाथन मफी र अध्यक्ष तिमिल्सिनाबिच मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन…