काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो। चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका…