काठमाडौं । इभेन्ट सोलुसन प्रा. लि. ले स्थापनाको १०औं वार्षिकोत्स मनाएको छ । बुधबार ललितपुरको ज्वागलस्थित इभेन्ट सोलुसनको कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी इभेन्ट सोलुसनले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा इभेन्ट सोलुसनले स्थानीय स्काउट, बाराही टोल विकास समिति, ललितपुर महानगरपालिका १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा…