रामेछाप । सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान केयर ब्लाइन्डनेस प्रोजेक्ट, पीएसएफ लक्जेम्बर्गको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले सञ्चालन गरेको महिला तथा बाल सशक्तीकरण स्वास्थ्य तथा सरसफाइ सुधार परियोजना र खाँडादेवी गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा…