Logo

भग्नावशेषमा परिणत भएको संसद् भवन (तस्विरहरू)

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगलागीका कारण संसद् भवन पूर्णरूपमा क्षतिग्रस्त भई भग्नावशेषमा परिणत भएको छ। आन्दोलनको उग्र रूपले भवनमा व्यापक क्षति पुर्‍याएको थियो। यद्यपि आन्दोलन भएको एक महिना पूरा भइसक्दा पनि संसद् भवनको पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन।