काठमाडौं । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार शम्भुजित बास्कोटाले संगीतकर्मीहरुलाई राष्ट्रको गहनाभन्दा पनि पहिचानका रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित संगीतकार संघ नेपालको १२ औं वार्षिक साधारणसभामा उनले संगीतकर्मीहरुलाई राष्ट्रको गहना भनेर नेताहरुले भाषण गर्ने र लकरमा मात्र सीमित गर्ने गरेको भन्दै पहिचानको रुपमा बुझ्न आवश्यक रहेको बताएका…