काठमाडौं । समसामयिक गीत–संगीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका सुदूरपश्चिमेली लोकगायक तथा संगीतकार बिनोद बजुरालीको नयाँ गीत ‘गुण्डा कि डाँका’ सावर्जनिक भएको छ । देउडा गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका बजुराली पछिल्लो समय विभिन्न लय, शब्द र शैली प्रयोग गर्दै निरन्तर चर्चामा रहँदै आएका छन् । समय सान्दर्भिक र सामाजीक यर्थाथसँग जोडिएका गीत बजारमा ल्याउने…