आवाज इलाम । पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ करफोकमा । नजिकै राजमार्ग र विद्यालय भएपनि करफोकको यो ठाउँ प्रायशः सुनसान रहन्छ । खासै मानिसहरूको चहलपहल देखिदैन । तर शनिबार बेलुकी भने यहीको सुनसान फाँटमा हजारौँ दर्शक जम्मा भए– नेपथ्यको कन्सर्ट हेर्न । सधैँ सहर बजारको भीड अघिल्तिर उभिने…