काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ले हलहरुमा राम्रो शो पाइरहेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिइन् । उनले शुक्रबारदेखि नै धेरै सन्देशरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया…