काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले सुरुवाती तालिकाभन्दा शो संख्या बढाएका छन् । शुक्रबारको तुलनामा शनिबार थप शो पाएको चलचित्रका ती अतिरिक्त शोहरू पनि भरिएपछि शनिबार साँझदेखि नै प्रदर्शन संख्या थपिएको…