काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीले मात्र नभएर शिक्षकले पनि आफूले पढाउने विद्यार्थीको लागि सपना देख्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित रेडियन्ट रिडर्स एकेडेमीको रजत जयन्ती २०८१ को समापन समारोहमा बोल्दै उनले भविष्यमा के बन्न चाहन्छौं भनेर विद्यार्थीलाई गरिने परम्परागत प्रश्न भन्दा पनि विद्यार्थीभित्रको सम्भावनालाई चिन्ने काम शिक्षकले गर्नुपर्ने बताए…