काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेशन समिट’ (शैक्षिक बहस) मा प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत् शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने र त्यसका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए ।…