काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ ।…