Logo

आज सेयर बजार बन्द

काठमाडौं ।  सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएको हो । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो ।  अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।