काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले ती परियोजना प्रस्तुत गर्ने भएको छ । कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक प्रगतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्य सहित सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरिसकेका छन् । नेपाल लगानी बोर्डले सम्मेलनमा ५५…