Logo

सुनचाँदीको भाउ घट्यो

काठमाडौ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।…