Logo

Breaking News 1

१२ अंकले घट्यो नेप्से : हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ ।
मंगलबार ५४ अंकले बढेको नेप्से बुधबार १२.१० अंकले घटेर २१६३. ०६ विन्दुमा झरेर बन्द भएको हो । दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको नेप्से बन्द हुने समयमा घटेको हो ।


तीन सय कम्पनीको कारोबार भएको दिन ६३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । एक सय ८० कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
कारोबारको यस दिन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर र फाइनान्सको सेयर उच्च अंकले घटेको छ।


समग्रमा बजार घटेको दिन आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : ३५ बजे