काठमाडौं – सामसङ नेपालले दशैं पर्वलाई लक्षित गर्दै आफ्ना फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को मूल्य घटाएको छ। कम्पनीले यी नयाँ पुस्ताका स्मार्टफोनमा ५० हजार रुपैयाँसम्मको क्यासब्याक अफर प्रदान गरेको छ। सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, "सामसङमा हामी रूपान्तरणकारी प्रविधिलाई सबैका लागि सुलभ बनाउन प्रतिबद्ध छौँ। यस पर्वमा विशेष…