काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् । मन्त्री खड्काको संयोजनमा मन्त्रालयमा सम्पन्न एक उच्चस्तरीय छलफलमा उनले उक्त आयोजनालाई ठोस कार्ययोजना बनाएर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । छलफलमा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादनसँगै पूर्वी तराईका झापा, मोरङ र…