काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेर घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अहिले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गरिरहँदा यो जानकारी दिएका हुन् । उनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । अर्थमन्त्रीले सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत…